२७ जेठ २०८३, बुधबार

चुनाव प्रचारमा अब भौतिक चिह्न प्रयोग गर्न नपाइने

फागुन १०, २०८२
काठमाडौं
चुनाव प्रचारमा अब भौतिक चिह्न प्रयोग गर्न नपाइने

चुनाव प्रचारप्रसारका क्रममा उम्मेदवार र राजनीतिक दलले आफ्नो चिह्नको भौतिक प्रयोग गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार एक परिपत्र जारी गर्दै निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन भनेको छ । 

कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको  चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना/गुनासा प्राप्त भएका आयोगले जनाएको छ ।

राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड बमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने तर त्यसको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिह्न लिई निर्वाचन प्रचारप्रसार गर्न नपाउने आयोगले भनेको छ । यसो गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासो समेत आयोगमा प्राप्त भएका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । 

‘दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरूपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने..’, आयोगले भनेको छ ।  

null

salt training

कमेन्ट गर्नुहोस्