२३ जेठ २०८३, शनिबार

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

फागुन १२, २०८२
काठमाडौं
‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

नेपालकै ठूलो विद्यार्थी कोडिङ प्रतियोगिता ‘कोडिङ किक्सस्टार्ट ३.०’ काठमाडौंमा सम्पन्न भएको छ । 

मेरो कोडिङ क्लासद्वारा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा तीन विधाका उत्कृष्ट टिमलाई जनही १ लाखका दरले ३ लाख नगद पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा देशभरका विद्यालयबाट ७९ टिम सहभागी थिए । कक्षा ३ देखि १० सम्मका विद्यार्थी लक्षित प्रतियोगिता ब्लक बेस्ड कोडिङ (कक्षा ३–५), एप डेभलपमेन्ट (कक्षा ६–७) तथा रोबोटिक्स र आइओटी (कक्षा ८–१०) गरी तीन विधामा सञ्चालन गरिएको थियो । मंसिर महिनादेखि शुरू भएको छनोट प्रक्रियाबाट २४ उत्कृष्ट टिम फाइनल चरणमा प्रवेश गरेका थिए ।

null

फाइनल चरणमा दुई तहको मूल्यांकन गरिएको थियो । पहिलो चरणमा विज्ञ निर्णायक समितिसमक्ष टिमहरूले आफ्ना प्रोजेक्ट प्रस्तुत गरेका थिए भने दोस्रो चरणमा ५०० भन्दा बढी आगन्तुक सहभागी सार्वजनिक प्रदर्शनीमार्फत दर्शकको मतसमेत समेटिएको थियो ।

प्रतियोगितामा ब्लक बेस्ड कोडिङ विधामा ग्लोबल पाठशाला, एप डेभलपमेन्टमा दरबार हाई स्कूल र रोबोटिक्स तथा आइओटी विधामा ज्ञानोदय बाल बाटिका उच्च माध्यमिक विद्यालय विजेता बने । विशेषगरी सरकारी विद्यालय दरबार हाई स्कूलको सफलतालाई सार्वजनिक शिक्षामा रहेको प्राविधिक क्षमताको उदाहरणका रूपमा आयोजकले उल्लेख गरेको छ ।

null

मेरो कोडिङ क्लासका प्रमुख कार्यकारी अधिकृत सबिन कार्कीले प्रतियोगितामार्फत नेपाली शिक्षाको उज्ज्वल भविष्य देखिएको बताए । उनका अनुसार प्रतियोगिताका सहभागीलाई ७ हजार ९ सय घण्टा निःशुल्क प्रशिक्षण प्रदान गरिएको थियो । उनले ३ लाखको पुरस्कारलाई केवल आर्थिक सहयोग नभई नेपाली युवा प्रतिभाप्रतिको विश्वासको प्रतीक भएको बताए ।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका प्राविधिक सीप प्रदर्शन गर्ने राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै सानै उमेरदेखि समस्या समाधान क्षमता, सिर्जनशील सोच र डिजिटल निर्माण सीप विकास गराउनु हो । यस पहलले विद्यार्थीलाई प्रविधिको उपभोक्ता होइन, सिर्जनाकर्ता बन्न प्रेरित गर्ने लक्ष्य राखिएको छ ।

null

प्रतियोगिताको तयारीका क्रममा सबै दर्ता भएका टिमलाई १० घण्टाको निःशुल्क प्रशिक्षण दिइएको थियो । प्रत्येक टिमका तीन सदस्यलाई आधारभूतदेखि उन्नत तहसम्म तालिम दिइँदा कूल ७ हजार ९ सय प्रशिक्षण घण्टा पूरा भएको आयोजकले जनाएको छ ।

विद्यालयस्तरका विद्यार्थीलाई संरचित कोडिङ तथा प्रविधि शिक्षा प्रदान गर्दै आएको मेरो कोडिङ क्लासले Shark Tank Nepal सिजन १ पछि राष्ट्रिय पहिचान बनाएको हो । सन् २०२१ देखि सञ्चालनमा आएको संस्थाले हालसम्म ४ हजार ५ सयभन्दा बढी विद्यार्थीलाई तालिम दिइसकेको र देशभर ३५ भन्दा बढी विद्यालयसँग सहकार्य गर्दै आएको जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्