
धादिङमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
गजुरी गाउँपालिका-६ आदमघाटबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ करिब ७ किलो १० ग्रामसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-५ बस्ने २५ वर्षीय अर्जुन तामाङ समेत ३ जनालाई रहेका छन् । उनीहरू बुधबार बिहान पक्राउ परेका प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले बा.३ ख ९०९२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।