०३ असार २०८३, बुधबार

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

फागुन १३, २०८२
काठमाडौं
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिए । 

‘सिचुआन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चाइना जान लागेकी निज यात्रु स्वीडिस नागरिकले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्रा लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो’, उनले भने । 

प्रहरीले उनको साथबाट यूएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ । 

पक्राउ परेकी स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्