
निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यका दुई जना उम्मेदवारलाई जनही २५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट जाजरकोटमा उम्मेदवार रहेका शक्तिबहादुर बस्नेत र नेपाल जनसेवा पार्टीको तर्फबाट रुपन्देही- २ का उम्मेदवार डा. कमल (निकोलस) भुसाललाई २५/२५ हजार रूपैयाँ जरिवाना गर्ने आयोगले निर्णय गरेको हो ।
उनीहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि भएकाले जरिवानाको निर्णय गरिएको आयोग उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाहीस्वरूप २५ हजार रूपैयाँ जरिवाना तिराउने नर्णय भएको आयोग स्रोतको भनाइ छ ।