
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) लोकबहादुर सुनारसमेत ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम संकलन गर्ने गरेको भन्ने उजुरीका आधारमा अघिल्लो वर्ष चैत २७ गते केही कर्मचारीलाई आयोगले नियन्त्रणमा लिएको थियो ।
त्यतिबेला यातायात कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई नियन्त्रणमा लिएको थियो ।
आयोगले थप अनुसन्धान गर्दा तत्कालीन कार्यालय प्रमुख (उपसचिव) सुनार (हाल सहसचिव आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेश)सहित ३३ जनाको संलग्नता पुष्टि भएकाले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका ट्राफिक प्रहरी कर्मचारी र न्यू मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरको सञ्चालक शरद कुमार गोराथोकीसमेतका बिचौलिया लगायतको राष्ट्रसेवक/गैर राष्ट्रसेवकले घुस रिसवत लिई दिई भ्रष्टाचारजन्य कसुर गरेको जनाएको छ ।
हेर्नुहोस् पूर्ण सूची :