३१ असार २०८३, बुधबार

‘एनएनआइपिए स्पोर्टस् अवार्ड’ चैतमा

फागुन १४, २०८२
काठमाडौं
‘एनएनआइपिए स्पोर्टस् अवार्ड’ चैतमा

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा २०औँ एनएनआइपिए स्पोट्र्स अवार्ड आगामी चैत २० गते हुने भएको छ ।

अवार्ड कार्यक्रम स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआइपिएका महासचिव शिवसुन्दर गोथेले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यका बाहिर पहिलोपटक उक्त अवार्ड कार्यक्रम हुन लागेको हो ।

विभिन्न २७ खेलका खेलाडीलाई सम्मान गरिनेछ । त्यसबाहेक एक/एक पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभाशाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार तथा एक पारा खेलाडीलाई सम्मान गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्