१७ असार २०८३, बुधबार

आज पनि तेहरानमा शक्तिशाली विष्फोट

फागुन १८, २०८२
काठमाडौं
आज पनि तेहरानमा शक्तिशाली विष्फोट

 इरानको राजधानी तेहरानमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। बीबीसी फारसीका अनुसार विष्फोटपछि तेहरानको आकाशमा धुवाँको मुस्लो देखिएको छ।

तेहरानका एक स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार विष्फोटको आवाजले सहरमा त्रास फैलाएको छ। ती बासिन्दाले भने, 'सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ, तर अधिकांश स्थानहरूमा सडकहरू सुनसान देखिएका छन्।'

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो विष्फोट इजरायल र इरानबीच चलिरहेको द्वन्द्वको हिस्सा हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ। 

salt training

कमेन्ट गर्नुहोस्