०७ असार २०८३, आइतबार

राजपुरको सडकमा शंकास्पद वस्तु भेटियो

फागुन १८, २०८२
काठमाडौं
राजपुरको सडकमा शंकास्पद वस्तु भेटियो

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजपुर नगरपालिका–५, स्थित सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

आज बिहानै स्थानीयले सडकमा कालो ड्रमले छोपेर राखिएको वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पार्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्