२८ जेठ २०८३, बिहीबार

रुपन्देहीको विकासबाट लाभ लिएका मतदाताले बिर्सन चाहन्नन् विष्णु पौडेल, लगातार पाँचौं जीतको प्रयास

फागुन १८, २०८२
बुटवल
रुपन्देहीको विकासबाट लाभ लिएका मतदाताले बिर्सन चाहन्नन् विष्णु पौडेल, लगातार पाँचौं जीतको प्रयास

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगातार पाँचौं जित निकाल्ने योजनासहित चुनावी मैदानमा छन् । यही फागुन २१ हुने निर्वाचनका लागि उनी रुपन्देही-२ बाट उम्मेदवार छन् ।  

पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमेत रहेका पौडेल लुम्बिनी प्रदेशबाट २०६४ यताका सबै संसदीय चुनाव जित्ने एक्ला नेतामा पर्छन् । 

नागरिकको आवश्यकता र मुलुकको परिवेश अनुसार एजेन्डा बनाएर काम गर्ने नेतामा पर्छन् पौडेल । पार्टी र संसदीय राजनीतिको व्यवस्थापक, अर्थ रणनीतिकार, पार्टीको संकटमोचक र विकासमुखी सोचका पक्षपाति पौडेललाई गृहजिल्लामा ‘विकासको ब्राण्ड’को रूपमा परिचित छन् । 

सँगै नीतिगत आर्थिक स्पष्टता, पार्टी संगठनको खम्बा, दक्ष कूटनीति सञ्चालन, लगानी प्रवर्द्धनको पक्षपाति पौडेलका थप पहिचान हुन् । 

तीन दशक बढी राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निभाइरहेका पौडेललाई सरकार र पार्टीको सफल नेतृत्व गर्ने राजनीतिज्ञका रूपमा चर्चा हुन्छ । 

२०५६ देखि रूपन्देहीलाई आफ्नो राजनीतिक भूगोल बनाएर पौडेलले बुटवलबाट संसदीय र पार्टी राजनीतिमा छलाङ मात्र मारेनन् जिल्लालाई पनि उहीँ गतिमा उचाइमा पुर्‍याएको मान्नेहरू धेरै छन् । 

null

रूपन्देहीको बुटवल–भैरहवा आकर्षक ‘सिक्स लेन’ सडक, जोखिमपूर्ण सिद्धबाबा सडकखण्डमा सुरूङमार्ग, बुटवल अन्तर्राष्ट्रिय सभाहल, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल–नारायणगढ र बुटवल–गोरूसिंङगे–चन्द्रौटा चार लेन सडक, तिनाउ नदीमा सिग्नेचर बृज, तिनाउ दानव करिडोर, बेलबास बेथरी सडक, ठूला आयोजना पौडेलकै अगुवाइमा भित्र्याएर सञ्चालनमा छन् ।  

पौडेलकै पहलमा मोतिपुर औद्योगिक क्षेत्रले गति लियो भने तिलोत्तमामा टिचिङ अस्पतालको अवधारणा कार्यान्वयनतर्फ गएको छ । बुटवल-पोखरा डेडिकेटेड डबल लेनको जग बसाउनेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उनले निर्णायक भूमिका खेले भने कालिकानगर मोनोपोल र कर्साघाट कृषि उपज केन्द्र उनकै पहलमा सम्भव भएका हुन् । 

null

पौडेलको पहलमा भित्रिएका ६ दर्जन ठूला आयोजनामध्ये केही सम्पन्न भइसकेका छन, केही निर्माणाधीन र केही निर्माणको प्रक्रियामा गएका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, विद्युत, धार्मिक क्षेत्रमा पौडेलले अगाडि बढाएका विकासका पूर्वाधारले रूपन्देहीले विकासमा फड्को मारेको छ ।

राजनीतिक विश्लेषक रामचन्द्र श्रेष्ठले रुपन्देहीको भौतिक र पूर्वाधार विकासमा बढी योगदान रहेको बताउँछन् । ‘पूर्वाधार पहिलो प्राथमिकता हो, त्यसले अरू व्यापार व्यवसाय सृजना गर्नुपर्ने हुन्छ’, श्रेष्ठ भन्छन्, ‘यसले नागरिकको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको देखिन्छ । त्यो मनोविज्ञानले निर्वाचनमा काम गरिरहेको जस्तो देखिन्छ ।’

श्रेष्ठले यस क्षेत्रका उद्योगी र व्यवसायीहरूले पनि विष्णु पौडेललाई खोजिरहने बताउँछन् । ‘किनभने, केन्द्रीय स्तरको नेता भयो भने, उद्योगी व्यवसायीलाई पनि सहज हुन्छ भन्ने मनोविज्ञान छ । त्यसले पनि प्रेसर क्रियट गरेर उहाँ पाल्पा जाने निर्णयबाट बुटवल आएको हुनसक्छ । रुपन्देही पूर्वाधारको एक चरणको विकास भएको छ । अब उहाँसँग नयाँ एजेन्डाहरू ल्याउनुपर्छ’, श्रेष्ठ भन्छन् ।

null

पार्टीको जनसंगठन बनाउन देशका सबैजसो जिल्लामा पुगेर खारिएर पौडेल सादा जीवनशैलीमा विश्वास राख्छन् । यस पटकको उम्मेदवारीलाई पौडेलले जिल्लाका थप विकास र पहिचानको मुद्दासँग जोडेका छन् । 

‘अब जिल्लालाई देशकै नमूना क्षेत्र बनाउने र भौतिकसँगै मानवीय र रोजगारी सृजना गर्ने मेरो लक्ष्य छ’, पौडेल भन्छन् ।

पार्टी र सरकारमा हुँदा पौडेलले रुपन्देहीको विकासलाई नै मुख्य एजेन्डाका रूपमा अगाडि बढाएको एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे बताउँछन् । उनले रुपन्देहीको विकासबाट लाभ लिएका मतदाताले पौडेललाई बिर्सिन नचाहेको बताए । 

null

‘रुपन्देहीको प्रतिष्ठाका लागि उहाँ फेरि उम्मेदवार हुनुभएको छ । जिल्लाको विकासका लागि, प्रतिष्ठाका लागि  फेरि एक रुपन्देहीबासीले भारी मतसहित जिताउनेछन् ।  किनकि विष्णु पौडेललाई जिताउनु भनेको लुम्बिनी प्रदेश संघीय सत्ताको प्राथमिकतामा राख्नु हो ।’ 

२०७० को संविधानसभा निर्वाचनमा रूपन्देहीबाट बाबुराम भट्टराईलाई पराजित गरेपछि उनी राष्ट्रिय राजनीतिमा बढ्ता प्रभावशाली देखिएका थिए । तत्कालीन एमालेको पहिलो ९ महिने शासनकालमा सरकारमा नगइ संगठन विभाग प्रमुख बनेका पौडेल पार्टीभित्र पनि शक्तिशाली खेलाडी हुन् । 

स्याङ्जाको पुतलीबजारमा २०१६ मा जन्मिएका पौडेललेपटक–पटक सरकारको अनुभव लिइसकेका छन् । २०५१ मा संसदीय यात्रा शुरू गरेपछि २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए । उनी २०६५ सालको संयुक्त सरकारमा जलस्रोत मन्त्री बनेका थिए । 

null

त्यसैगरी, २०६७ सालको अर्को संयुक्त सरकारमा उनी रक्षामन्त्री र २०७२ मा तत्कालीन माओवादीसँगको गठबन्धन सरकारमा उनी पहिलो पटक अर्थमन्त्री बनेका थिए ।

२०५१ मा पाल्पा–३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका उनी २०५६ मा रुपन्देहीमा चुनाव लड्दा पराजित भएका थिए । तर, २०६४ र २०७० मा साबिक रूपन्देही क्षेत्र–४ बाट संविधानसभा चुनावमा विजयी भए । २०७४ र २०७९ मा रुपन्देही–२ बाट विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्