
काठमाडौंको नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी गरिएको छ ।
नैकापस्थित पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यानमा आगजनी गरिएको हो ।
सुकेधारामा आगजनी भएको गाडीको भने नम्बर खुलेको छै ।
ती गाडीमा कसले आगजनी गरेको भन्ने पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार गाडीका धनी पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।
यद्यपि आगजनी भएको स्थानमा दुर्गा प्रसाईं समूहसँग सम्बन्धित पर्चाहरू भने भेटिएका बताइएको छ ।