३० जेठ २०८३, शनिबार

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

फागुन २०, २०८२
काठमाडौं
अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन
फाइल फोटो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका सङ्घका छ जना सङ्घमा र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता तोकिएको बताए ।

उनका अनुसार निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका लागि स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका छ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सात जना तोकिएको छ ।

सङ्घमा बन्दना भट्ट, डा. नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदी रहेका छन् ।

यस्तै कोशी प्रदेशमा डा. सभ्यता सुवेदी, मधेशमा फुलेन्द्र यादव, बागमतीमा दिनेश रुपाखेती, गण्डकीमा बुद्धिसागर अधिकारी, लुम्बिनीमा नोधनारायण चौधरी, कर्णालीमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी रहेका छन् ।

'समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्‍याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्ने छन्,' मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने ।

मन्त्रालयले यसअघि नै सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशनसमेत दिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्