
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।
उनले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् ।
ललितपुर महानगरपालिकाको सानेपास्थित टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका उनको सचिवालयले जनाएको छ ।
बिहीबार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ ।