२५ जेठ २०८३, सोमबार

भावुक प्रसंग उल्लेख गर्दै ओलीले भने- फागुन २१ मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन

फागुन २१, २०८२
काठमाडौं
भावुक प्रसंग उल्लेख गर्दै ओलीले भने- फागुन २१ मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ अर्थात् आजको दिन आफ्नो जीवनमा दुई संयोग भएको स्मरण गरेका छन् । उनले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको पनि उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’

ओलीले सञ्जालमा लेख्दै झापा आन्दोलनले निरंकुश व्यवस्थाको विरुद्ध विद्रोहको बिगुल फुकेको र त्यही क्रममा आफूलाई जेल हालिएको स्मरण गरेका छन् ।

‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ,’ उनले लेखेका छन् ।

ओलीले अगाडि थप लेखेका छन्, ‘देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

salt training

कमेन्ट गर्नुहोस्