
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो ।
आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्र पुगेर लाइन लागेका मतदाताले भने मत हाल्न पाउनेछन् ।
ती बाहेक अब मतदान केन्द्रमा पुग्ने मतदाताले भने मत हाल्न पाउने छैनन् ।
निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । कहाँ कति मत खस्यो भन्ने विवरण भने आउन बाँकी छ ।
सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ४८ प्रतिशत मतदान भएको छ ।
जस अनुसार ९० लाख ३६ हजार ७१८ मत खसेको छ ।