
इलाम क्षेत्र नम्बर २ को मतगणनाका लागि भोलि शुक्रबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले दिएको जानकारी अनुसार बैठकपश्चात् मतगणना शुरू हुनेछ । हाल मतपेटिका संकलन कार्य जारी रहेको उनले बताए ।
‘नजिकैका केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ‚’ उनले भने‚ ‘राति १-२ बजेसम्म सबै कलेक्सन भइसक्छ होला ।’
कति मत खस्यो भन्ने प्रश्नमा उनले तथ्यांक संकलन भइरहेको र जोड्ने काम जारी रहेको जानकारी दिए ।