
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
यहाँ झिनो मतान्तरले अग्रता कायम गरेका नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले १ हजार ६२७ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले एक हजार ५८६ मत पाएका छन् ।
यस्तै तेस्रोमा रहेका रास्वपाका सुरेन्द्र कार्कीले एक हजार ३२१ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।