
काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले आफ्नो अग्रतालाई कायम राखेका छन् ।
पाण्डेले चार हजार ६ सय ४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ३ हजार ३ सय ४१ मत पाएका छन्।
पछिल्लो मत परिणामअनुसार पाण्डे घिसिङभन्दा १ हजार ३ सय ८ मतले अगाडि छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले १ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।