
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा काठमाडौं–१० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेस हिमाल कार्कीभन्दा चौबर मतले अगाडि छन् ।
विष्टले पाँच हजार ७६५ ल्याउँदा कार्की एक हजार ७८ मतमा सीमित छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले कांग्रेसका कार्की भन्दा पनि कम मत ल्याएका छन् । थापाले ९ सय ५३ मत ल्याएका छन् ।
अहिले पनि मत गणना जारी छ ।