
कोशी प्रदेशको पहाडी जिल्ला ताप्लेजुङमा शुक्रबार बिहानसम्म सबै केन्द्रको मतपेटिका संकलन भएको छ ।
मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार मतपेटिका संकलन कार्य बल्ल सम्पन्न भएको हो ।
उनले दिएको जानकारी अब केहीबेरमा सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकपश्चात् मतगणना शुरू गरिनेछ ।
‘मतपेटिका सबै आइपुग्यो । अब सर्वदलीय बैठक बस्छौं र मतगणना गर्न सहमति गर्छौं’, उनले लोकान्तरसँग भने ।