
दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ ।
रास्वपाका उम्मेदवार निकटतम् प्रतिस्पर्धीभन्दा तेब्बर मतले अघि छन् ।
रास्वपाका देवराज पाठकले ६१३४ मत ल्याउँदा कांग्रेसका योगेन्द्र चौधरीले १७७८ मत पाएका छन् ।
यसैगरी नेकपाका मेटमणि चौधरीले ७६१ र नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ७१६ मत प्राप्त गरेका छन् ।
यहाँ मतगणना जारी छ ।