
उदयपुरको क्षेत्र नम्बर १ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले निरन्तर अग्रता कायम राखेका छन् ।
६ हजार ५४० मत गणना गर्दा रास्वपाका उम्मेदवार पारसमणि गेलाल २ हजार १ सय १२ मतसहित अग्रस्थान छन् ।
उदयपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईले १ हजार ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार दुर्गाकुमार थापाले ९६४ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार बलदेव चौधरीले ९१५ मत ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसका विदुर बस्नेतले ६९९ मत प्राप्त गरेका छन् ।