
एक मात्र निर्वाचन क्षेत्र भएको कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा मतगणना जारी छ ।
प्रारम्भिक मतगणना अनुसार पाँचथरमा हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीका उम्मेदवार अघि लागेका छन् । जसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार माटो चुनाव चिह्नका उम्मेदवार हस्त राज शेर्मा ३०३ मतसहित पहिलो स्थानमा छन् ।
उनलाई पछ्याइरहेका कांग्रेसका नरेन्द्र केरुङले १८६ मत पाएका छन् ।
यहाँ तेस्रो स्थानमा रहेको नेकपा उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङले १७६ मत प्राप्त गर्दा नेकपाका हर्क बहादुर नेम्वाङले १४१ मत पाएका छन् ।