
काठमाडौं क्षेत्र नम्बर ६ बाट रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत चपला पोखरेलले दिएको जानकारी अनुसार भर्खरै मतगणना सम्पन्न भएको हो ।
निर्वाचन आयोगको तथ्यांक अनुसार खनालले २१ हजार २४९ मतको अग्रतासहित जित हासिल गरेका हुन् ।
नतिजा अनुसार खनालले २७ हजार ९१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार अमन कुमार मास्केले ४ हजार ५१८ मत पाए । २०७९ को निर्वाचन पनि खनाल यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसअघि काठमाडौं-१ बाट रास्वपाकी रञ्जु न्यौपानले निर्वाचित भइसकेकी छन् ।