
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार यहाँ ६ हजार ५६९ मत गणना भएको छ ।
जसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २०६२ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले १९२५ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ८८१ र रास्वपा उम्मेदवार गोकुल राईले ८०५ मत पाएका छन् ।