
सप्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पहिलो स्थानमा उक्लिएका छन् ।
पछिल्लो विवरण अनुसार उनले २०९२ मत ल्याएका छन् ।
यसअघि पहिलो नम्बरमा रहेका रास्वपाका अमराकान्त चौधरी दोस्रोमा झरेका छन् । उनले २०५८ मत ल्याएका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका दिनेश कुमार यादवले ९२२, जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले १९५, नेकपा एमालेका ताराकान्त चौधरीले १०८ मत प्राप्त गरेका छन् ।