१० साउन २०८३, आइतबार

म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

फागुन २३, २०८२
म्याग्दी
म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

​म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन करिब चार हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् ।

धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका हुन् ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार ९०६ मत गणना हुन बाँकी छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार २७५, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ४१२ मत प्राप्त गरेका छन् ।

बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । बयालीस हजार ४४५ मत गणना सकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्