२१ असार २०८३, आइतबार

दार्चुलामा कांग्रेसका जोशी ४०७ मतले अगाडि

फागुन २३, २०८२
दार्चुला
दार्चुलामा कांग्रेसका जोशी ४०७ मतले अगाडि
फाइल फोटो

दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राखेका छन् ।

हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ ।

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारका उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गरेका छन् ।

यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो । शुरूदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ । अन्य दलतर्फ नेकपाले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले २२५ मत पाएको छ ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ ।

बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने छ ।

कमेन्ट गर्नुहोस्