२८ जेठ २०८३, बिहीबार

झण्डै २० हजार मतले पछाडि परेपछि शंकर पोख्रेलले दिए रास्वपाका आचार्यलाई बधाई

फागुन २३, २०८२
काठमाडौं
झण्डै २० हजार मतले पछाडि परेपछि शंकर पोख्रेलले दिए रास्वपाका आचार्यलाई बधाई

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै २० हजार मतले पछाडि परेपछि दाङ क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शंकर पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिनकुमार आचार्यलाई बधाई दिएका छन् ।

आचार्यले ३१ हजार ८५५ मत ल्याउँदा पोख्रेल ११ हजार ८०२ मा सीमित छन् । अहिले पनि मतगणना जारी छ ।

पोख्रेलले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै परिवर्तनको लहरकासामु आफ्नो प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् ।

‘जनादेश रास्वपाको पक्षमा आएको छ । जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन् । जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना,’ पोख्रेलले लेखेका छन्, ‘रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’

उनले ‘जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ’ भन्ने गीतको भाव झैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।

पोख्रेलले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्