२६ असार २०८३, शुक्रबार

कांग्रेस रूपन्देही उपसभापतिले दिए राजीनामा

फागुन २३, २०८२
बुटवल
कांग्रेस रूपन्देही उपसभापतिले दिए राजीनामा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका सबै उम्मेदवार पराजित हुने भएपछि नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले राजीनामा दिएका छन् ।

शनिबार घिमिरेले विज्ञप्ति जारी गर्दै उपसभापति घिमिरेले रूपन्देहीका ५ वटै क्षेत्रमा पार्टीले सफलता हासिल गर्न नसकेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

‘पार्टीले दिएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु, आगामी दिनमा पार्टीको सिद्धान्त नीति, कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यको रुपमा संगठनलाई सुदृढ बनाउन निरन्तर, लागिपर्ने विश्वास दिलाउन चाहन्छु । मेरो राजीनामा स्वीकृत गर्न अनुरोध गर्दछु,’ घिमिरेले विज्ञप्तिमा भनेका छन् ।

घिमिरे सियारी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्