१० साउन २०८३, आइतबार

प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई हराउँदै सागर ढकाल गुल्मी–१ मा भारी मतसहित विजयी

फागुन २३, २०८२
बुटवल
प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई हराउँदै सागर ढकाल गुल्मी–१ मा भारी मतसहित विजयी

गुल्मी क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसका दुई ठूला प्रभावशाली नेतालाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकाल भारी मतान्तरसहित विजयी भएका छन् ।

शनिबार दिउँसो आएको मतगणनाको अन्तिम परिणाममा ढकालले १४ हजार ४६१ मतान्तरले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे । 

ढकालले २९ हजार ६४२ मत ल्याउँदा एमालेका ज्ञवालीले १५ हजार १८१ मत मात्र प्राप्त गरे । 

यस्तै, कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ मत मात्र ल्याउन सके । 

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुदर्शन बरालले ३ हजार १६७ मत ल्याए । 

विगतका निर्वाचनमा यो क्षेत्रमा भण्डारी र ज्ञवालीबीच प्रतिस्पर्धा हुने गर्थ्यो । अघिल्लो निर्वाचनमा भण्डारी विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्