
प्रत्यक्षमा एक सय सिट कटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि १३ लाख मत कटाएको छ ।
आइतबार बिहान ९ बजेर ५० मिनेटमा यो सामाग्री तयार पार्दा रास्वपाले १३ लाख ३० हजार १३५ मत पाएको छ ।
यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसले छ । कांग्रेसले करिब पाँच लाख मत पाएको छ । पछिल्लो तथ्यांक अनुसार कांग्रेसले ४ लाख ५५ हजार ४४४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
आयोगको तथ्यांक अनुसार नेकपा एमालेले ३ लाख ६५ हजार ५४२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीले १ लाख ७६ हजार ८०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९५ हजार ६१९ मत पाएको छ ।
श्रम संस्कृति पार्टीले ५५ हजार ७ मत पाएको छ । हालसम्म २६ लाख ५० हजार ७७८ मत गणना भएको छ ।