२० असार २०८३, शनिबार
जेनजी आन्दोलन

कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

फागुन २४, २०८२
काठमाडौं
कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न बनेको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर आयोगका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । 

आयोगले झण्डै ६ महिना लामो अनुसन्धान एवं जाँचबुझ गरेर प्रतिवेदन बुझाएको हो । 

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गत असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । 

null

तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरू, केही जिल्लाका सीडीओओलगायतसँग आयोगले बयान लिएको थियो । 

प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझ्दै आयोगलाई धन्यवाद दिइन् । उनले अब सरकारले बाँकी काम अघि बढाउने जानकारी दिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले सञ्चारकर्मीसँग भने । 

null

salt training

कमेन्ट गर्नुहोस्