२३ असार २०८३, मंगलबार

सुनसरीमा रास्वपाको ‘क्लिन स्विप’लाई हर्कको ब्रेक !

फागुन २४, २०८२
विराटनगर
सुनसरीमा रास्वपाको ‘क्लिन स्विप’लाई हर्कको ब्रेक !

सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले ब्रेक लगाएको छ । 

झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले जित निकाल्दा सुनसरी क्षेत्र नम्बर १ मा भने श्रम संस्कृतिका हर्क साम्पाङ (हर्कराज राई)ले जित निकालेका छन् । 

सुनसरीका बाँकी क्षेत्रमा भने रास्वपा अघि छ । सुनसरी-३ मा त रास्वपाका अशोक कुमार चौधरी निर्वाचित भइसकेका छन् । सुनसरी २ मा लाल विक्रम थापा र ४ मा दीपक कुरमा साह जितको नजिक छन् । 

सुनसरी क्षेत्र नम्बर १ मा हर्कका निकटतम् प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङ ‘सरिन’ले २७ हजार २४९ मत ल्याइन् ।

salt training

कमेन्ट गर्नुहोस्