११ साउन २०८३, सोमबार

अर्घाखाँचीमा समानुपातिक मतगणना सकियो, रास्वपालाई प्रत्यक्षमा भन्दा ४ हजार बढी मत

फागुन २५, २०८२
अर्घाखाँची
अर्घाखाँचीमा समानुपातिक मतगणना सकियो, रास्वपालाई प्रत्यक्षमा भन्दा ४ हजार बढी मत

अर्घाखाँचीमा समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ ।

रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।

दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिस्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए ।

जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपातिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो ।

जसमा दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्