२२ असार २०८३, सोमबार

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

फागुन २५, २०८२
काठमाडौं
गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
फाइल फोटो

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ विजयी बनेका छन्।

आज सम्पन्न मतगणनामा रास्वपाका गुरुङ २९ हजार ८९६ मत ल्याएर विजयी भएका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार गुरुङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ११ हजार १२४ मत प्राप्त गर्दा नेकपा एमालेका रामचन्द्र लामिछानेले  ३ हजार ७३२ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्