२२ जेठ २०८३, शुक्रबार

दुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय

फागुन २५, २०८२
मुस्ताङ
दुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय
फाइल फोटो

तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् ।

हिउँद याममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय आजदेखि खुलेका शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ ।

यहाँका विद्यालयहरूले अर्ध वार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरूलाई जाडो बिदा दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा १८ वटा विद्यालय छन् ।

मुस्ताङमा हिउँद याममा पूरै विद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गर्ने गरी दुई महिना विद्यालय बन्द गर्ने गरेका छन् ।

त्यसैगरी जाडो छल्न बेँसी झरेका माथिल्लो मुस्ताङका विद्यालयहरूले ४५ दिने सरकारी बिदा गरेर वैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन शुरू गर्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्