
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मंगलबार दिउँसो १२:२२ सम्म १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ ।
यसको ५० प्रतिशतभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले ५० लाख २१ हजार ९६३ मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख १५ हजार ५०६ मत प्राप्त गरेको छ ।
प्रत्यक्षमा रास्वपाले १२५, कांग्रेसले १८ र एमालेले ९ सीट जितेका छन् ।
प्रत्यक्षमा ८ सीट जितेको नेकपाले समानुपातिकमा हालसम्म ७ लाख ७० हजार ८४१ मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले ३ लाख ५९ हजार १८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ९५० मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।