०३ असार २०८३, बुधबार

पर्साबाट २ सय १३ किलो गाँजा बरामद

फागुन २६, २०८२
पर्सा
पर्साबाट २ सय १३ किलो गाँजा बरामद
फाइल फोटो

प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे १ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए ।

प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्