०७ असार २०८३, आइतबार

अमेरिकी सैन्य आधारमा आक्रमण गरेको इरानको दाबी

फागुन २७, २०८२
काठमाडौं
अमेरिकी सैन्य आधारमा आक्रमण गरेको इरानको दाबी

इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा मिसाइल आक्रमण गरेको जनाएको छ । 

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले सामाजिक सञ्जाल एक्समार्फत् जारी गरेको वक्तव्यमा कतारको अल उदैद एयर बेस, कुवेतको क्याम्प अरिफजानर इराकको हरिर एयर बेसमा मिसाइल प्रहार गरिएको उल्लेख छ ।

इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक स्टुडेन्ट्स न्यूज एजेन्सी (आईएसएनए)ले उक्त वक्तव्य शेयर गर्दै ‘ठूलो मात्रामा गरिएको मिसाइल प्रहार’ले क्षेत्रमा तैनाथ अमेरिकी युनाइटेड स्टेट्स फिफ्थ फ्लीटलाई पनि लक्षित गरेको र अमेरिकी सेनाको सञ्चालनात्मक पूर्वाधार ध्वस्त पारिएको दाबी गरिएको जनाएको छ ।

अर्को पोस्टमा यस कारबाहीलाई युद्ध शुरू भएयताकै सबैभन्दा विनाशकारी र सबैभन्दा ठूलो सैन्य अपरेसन भनेर वर्णन गरिएको छ । यस आक्रमणबारे अमेरिकी अधिकारीहरूले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

कमेन्ट गर्नुहोस्