२२ असार २०८३, सोमबार

घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता सुरक्षित रहेको दाबी

फागुन २७, २०८२
काठमाडौं
घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता सुरक्षित रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते भएको समाचार सार्वजनिक भइरहेका बेला उनी सुरक्षित रहेको इरानी राष्ट्रपति मसुद पेजेश्कियानका छोरा युसेफ पेजेश्कियानले बताएका छन् ।

युसेफ पेजेश्कियानले सामाजिक सञ्जाल टेलिग्राममा लेख्दै सर्वोच्च नेता घाइते भएको भन्ने समाचार सुनेको बताएका छन् ।

उनले लेखेका छन्, ‘मैले सम्बन्धित सम्पर्क भएका केही साथीहरूसँग सोधेँ । उनीहरूले भने- भगवानको कृपाले उनी सुरक्षित छन्, कुनै समस्या छैन ।’

यसअघि नियुक्तिपछि खामेनीले कुनै सार्वजनिक वक्तव्य नदिएको र सार्वजनिक रूपमा देखापरेका पनि छैनन् भन्ने खबर सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्