३१ जेठ २०८३, आइतबार

४६.७८ अङ्कले घट्यो नेप्से, १३ अर्ब १८ करोडको कारोबार

फागुन २७, २०८२
काठमाडौं
४६.७८ अङ्कले घट्यो नेप्से, १३ अर्ब १८ करोडको कारोबार

सोमबार एकै दिन ६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) निरन्तर ओरालो झरेको छ ।

सोमबार १६२ अङ्कले बढेको नेप्से परिसूचक बुधबार ४६.७८ अङ्कले घटेर २७९६.५७ को विन्दुमा कायम भएको हो । 

यस साताको पहिलो कारोबारका दिन सोमबार उच्च अङ्कले बढेको बजार मंगलबारदेखि ओरालो झरिरहेको छ ।

मंगलबार नेप्से परिसूचक ३२.०८ अङ्कले घटेर बन्द भएको थियो । आज बुधबार ४६.७८ अङ्कले घटेको छ । 

आज बजारमा ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयरको खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ । 

शेयर बजारमा उच्च अङ्कको गिरावट आए पनि साल्पा विकास बैङ्कको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा भने रिडी पावर कम्पनी ८५ करोड ९४ लाख ५० हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्