
डडेल्धुरामा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका १ सेल्टुडा बस्ने ६० वर्षीय धनबहादुर ठकुराठी छन् ।
उनलाई एकनाले भरुवा बन्दुक १ थानसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रुपालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।