०२ असार २०८३, मंगलबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

फागुन २७, २०८२
डडेल्धुरा
भरुवा बन्दुकसहित १ जना पक्राउ

डडेल्धुरामा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका १ सेल्टुडा बस्ने ६० वर्षीय धनबहादुर ठकुराठी छन् ।

उनलाई एकनाले ​भरुवा बन्दुक १ थानसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रुपालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्