०२ असार २०८३, मंगलबार

ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

फागुन २७, २०८२
काठमाडौं
ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका १ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका ३ घर भएका २२ वर्षीय संयोग राई छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका १३ बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ​ताहाचल काठमाडौं पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्