
विदेशी पर्यटकलाई फेक रेस्क्यू गरेर अनुचित लाभ लिएको प्रकरणमा थप एक ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१ का ५० वर्षीय पासाङ् शेर्पा रहेका छन् ।
उनी पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रालिका सञ्चाल रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ प्राप्त गरेको प्रकरणमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।
हालसम्म कसूरमा संलग्न ट्रेकिङ् कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी जम्मा १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।
यो पनि पढ्नुहोस्-
फेक रेस्क्यू प्रकरणमा नयाँ खुलासा: बीमा दाबीका लागि अस्पतालको झेलैझेल