१० साउन २०८३, आइतबार

चुनावमा पराजयपछि गोकुल बास्कोटाको टिप्पणी- पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ

फागुन २८, २०८२
काठमाडौं
चुनावमा पराजयपछि गोकुल बास्कोटाको टिप्पणी- पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अहिलेका कमी-कमजोरी नसच्याए अर्को पटक पार्टी सकिने टिप्पणी गरेका छन् । निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले अहिले सक्किए नभए पनि नसच्याए अर्को पल्ट सकिने टिप्पणी गरेका हुन् । 

नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको 'क्लाईमेक्स' (उत्कर्ष) र 'कोल्याप्स' (पतन) को समयबारे आँकलन गरेको स्मरण गरेका छन् । 

वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उनको भनाइ छ । 'पाचवर्ष अघि मैले भनेको थिए- यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभुतपूर्व उत्साह थियो। तर विचार, सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर,' फेसबुकमा उनले लेखेका छन्, 'सोभियतसंघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो। सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ।'

प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट हाराहारी मात्रै जितेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्