२९ जेठ २०८३, शुक्रबार

पत्रकार सुवेदीको ज्यान लिने धम्कीप्रति महासंघसहित प्रेससम्बद्ध संघ-संस्थाको कडा आपत्ति

फागुन २८, २०८२
काठमाडौं
पत्रकार सुवेदीको ज्यान लिने धम्कीप्रति महासंघसहित प्रेससम्बद्ध संघ-संस्थाको कडा आपत्ति

समाचार लेखेकै कारण पत्रकारमाथि सङ्गठित रूपमा ज्यान मार्ने धम्की दिइएको घटनाप्रति पत्रकार सम्बद्ध सङ्घसंस्थाहरूले कडा आपत्ति जनाएका छन्। पत्रकार राजु सुवेदीले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा अतिक्रमण गर्दा राजनीतिक पहुँचको आडमा ढाकछोप गरिएको विषयमा समाचार प्रकाशन गरेका थिए । साथै, आर्थिक चलखेलमार्फत भारतीय नागरिकताबाहकलाई नेपाली नागरिकता दिएको विषयमा समेत समाचार प्रकाशन गरेका थिए । उक्त समाचार प्रकाशन भएपछि बागलुङस्थित कांग्रेस कार्यकर्ताहरूले सुवेदीलाई फोन र एसएमएसमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

सामाजिक सञ्जालमै समाचार नहटाए जहाँ भेटे पनि गोली हान्ने, काट्ने र हत्या गरेर सूचना दिनेलाई पुरस्कार दिनेसम्मका सार्वजनिक आह्वान गरिएपछि पत्रकारसम्बद्ध संघ संस्थाहरूले आपत्ति जनाएका हुन् । 

घटनाप्रति नेपाल पत्रकार महासङ्घ, अनलाइन मिडिया सोसाइटी, फ्रिडम फोरम र मिडिया एक्सन नेपाललगायत संस्थाहरूले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको धम्कीको भर्त्सना गरेका छन्। 
उनीहरूले दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। सङ्घसंस्थाहरूले जारी गरेको विज्ञप्तिमा जनताको जिउधनको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको प्रशासन र सुरक्षा निकायले समेत उल्टै समाचार हटाउन दबाब दिएको आरोपसमेत लगाएका छन्।

null

पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै समाचार लेखेकै आधारमा ज्यान लिने धम्की दिनु गम्भीर आपराधिक कार्य भएको जनाएको छ। सङ्गठित रूपमा गरिएको यस्तो धम्कीप्रति सुरक्षा निकायको मौनता शङ्कास्पद रहेको टिप्पणीसमेत गरिएको छ।

null

कमेन्ट गर्नुहोस्