२९ जेठ २०८३, शुक्रबार

भारतलाई विश्वकप जिताउने हार्दिक पाण्ड्याविरुद्ध प्रहरीमा उजुरी दर्ता

फागुन २८, २०८२
काठमाडौं
भारतलाई विश्वकप जिताउने हार्दिक पाण्ड्याविरुद्ध प्रहरीमा उजुरी दर्ता

भारतलाई तेस्रोपटक आईसीसीटी–२० विश्वकपको उपाधि जिताउने महत्त्वपूर्ण खेलाडीमध्येका एक हार्दिक पाण्ड्याविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भारतको राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै उनीविरुद्ध उजुरी परेको समाचारमा जनाइएको छ । फाइनलमा न्युजिल्यान्डलाई हराउँदै उपाधि चुमेपछि सबै भारतीय खेलाडीले आ–आफ्नै तरिकाले खुसीयाली मनाएका थिए ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हार्दिक पाण्ड्या पनि पनि आफ्नी प्रेमिकासँग खुसीयाली मनाउन र तस्वीर खिचाउन व्यस्त थिए । उनले आफ्नो पिठ्युँमा भारतको राष्ट्रिय झण्डा बेरेका थिए ।

खुसीयाली मनाउने क्रममा उनी राष्ट्रिय झण्डासँगै स्टेजमा सुतेका थिए । सोही विषयलाई लिएर पुणेका एक अधिवक्ताले राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै पाण्ड्याविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

null

‘यो राष्ट्रिय झण्डाको अपमान हो । त्यसैले मैले देशको राष्ट्रिय झण्डा ऐन–१९७१ को दफा २ अनुसार उनीविरुद्ध प्रहरीमा उजुरी गरेको हुँ,’ अधिवक्ता वाजिद खानले भनेका छन् । पाण्ड्याविरुद्ध शिवाजी नगर प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको जानकारी वाजिद खानले दिए ।

 

salt training

कमेन्ट गर्नुहोस्