
अब सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात्रै बजारमा उपलब्ध गराउने भएको छ ।
अभाव हुने हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण गर्न थालेपछि सरकारले आधा तौल अर्थात् ७.१ केजी सिलिण्डर उपलब्ध गराउने भएको हो ।
बिहिबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय समितिले बिहीबार नै सबै सदस्यहरूलाई जानकारी गराएको समितिका एक सदस्यले लोकान्तरलाई बताए ।
आधिकारिक रूपमा नियमले यो निर्णय सार्वजनिक गरिसकेको छैन ।
भारतबाट माग अनुसार नै खाना पकाउने ग्यास आयात भइरहेको छ । तर पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले यस्तो निर्णय गर्नुपरेको ती सदस्यले बताए ।
हेर्नुहोस् यो पनि-